BIZMANDU
www.bizmandu.com

सरकारी अनुगमनप्रति हान र रेबानको असन्तुष्टि, ‘चाडबाडको समयमा आतंकित गरियो’

२०८१ असोज ९

सरकारी अनुगमनप्रति हान र रेबानको असन्तुष्टि, ‘चाडबाडको समयमा आतंकित गरियो’
सरकारी अनुगमनप्रति हान र रेबानको असन्तुष्टि, ‘चाडबाडको समयमा आतंकित गरियो’

काठमाडौं। सरकारी अनुमगनप्रति निजी क्षेत्रले असन्तुष्टि जनाएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनप्रति होटल संघ नेपाल (हान) र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान)ले संयुक्तरुपमा असन्तुष्टि जनाएका छन्।

Tata
GBIME

पानी एमआरपीमा तोकिएकै मूल्यमा बिक्री वितरण नगर्नेलाई कसुरस्वरुप जरिवाना गर्ने विभागको निर्णय आपत्तिजनक भएको ती दुई संस्थाले बुधबार संयुक्त वक्तव्यमा उल्लेख गरेका छन्। विभागले अनुमगनका नाममा आतंक सिर्जना गरेको हान र रेबानको आरोप छ।

‘विश्व पर्यटन दिवसको संघारमा यस्ता क्रियाकलापबाट होटल, आतिथ्य, रेस्टुरेन्ट तथा समग्र पर्यटन क्षेत्र व्यावसायिकरुपमा सञ्चालन गर्ने दुविधा उत्पन्न भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अधिकतम खुद्रा मूल्यमा खाद्य तथा पेय पदार्थ उपलब्ध  गराएर व्यवसाय सञ्चालन गर्न सकिंदैन।’

विभागले केही दिनयता बजार अनुगमनलाई तिब्रता दिएको छ। पानी एमआरपी मूल्यभन्दा धेरै लिएर बेचेको भन्दै विभागले रेष्टुरेन्टलाई तीन लाख रुपैयाँ जरिवाना तिर्न भनेपछि हान र रेबानले आपत्ति जनाएका हुन्।