BIZMANDU
www.bizmandu.com

कीर्तिपुरका सम्पदा प्रवर्धन गरिंदै, विश्व पर्यटन दिवसबाट साप्ताहिकरुपमा पदयात्रा

२०८१ असोज ९

कीर्तिपुरका सम्पदा प्रवर्धन गरिंदै, विश्व पर्यटन दिवसबाट साप्ताहिकरुपमा पदयात्रा
कीर्तिपुरका सम्पदा प्रवर्धन गरिंदै, विश्व पर्यटन दिवसबाट साप्ताहिकरुपमा पदयात्रा


काठमाडौं। विश्व पर्यटन दिवसका अवसरमा शुक्रबारबाट कीर्तिपुरमा साप्ताहिकरुमा पदयात्रा हुने भएको छ। कीर्तिपुर स्वयंसेवक समाजले स्थानीय संघसंस्थाहरुसँगको सहकार्यमा सम्पदा पदयात्रा गर्न लागेको हो।

Tata
GBIME
NLIC

बर्खाहिटी नयाँबजारबाट सुरु हुने पदयात्रा चिलञ्चो बिहार, ल्हो देग, देपुखु, बाघभैरब हुँदै उमामहेश्वर मन्दिरमा पुगेर टुंगिनेछ। पदयात्रा करिब एक घण्टाको हुनेछ।

कीर्तिपुर स्वयंसेवक समाजका अध्यक्ष सुधन सुवेदीले कीर्तिपुरको सम्पदा, इतिहास र संस्कृति प्रवर्धन गर्ने उद्देष्यले नियमितरुपमा पदयात्रा गराउने कार्यक्रम बनाएको बताए।