BIZMANDU
www.bizmandu.com

रोयल इनफिल्ड वान राईड २०२४ सम्पन्न, गोदावरीस्थित विद्यालयलाई सहयोग

२०८१ असोज ७

रोयल इनफिल्ड वान राईड २०२४ सम्पन्न, गोदावरीस्थित विद्यालयलाई सहयोग
रोयल इनफिल्ड वान राईड २०२४ सम्पन्न, गोदावरीस्थित विद्यालयलाई सहयोग


काठमाडौं । ‘बि सिन, बि वान’ भन्ने मुल नाराका साथ सुरु भएको वान राइड २०२४ कार्यक्रम सम्पन्न भएको छ। रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले आइतबार वान राईड २०२४ आयोजना गरेको थियो।

Tata
GBIME
NLIC

रोयल इन्फिल्डले हरेक वर्ष वान राइड आयोजना गर्ने गरेको छ। विश्वका ५० भन्दा धेरै देशका ५०० प्रख्यात सहरहरुमा ३० हजार राइडर्सहरु यसमा सहभागी हुने गर्छन्।

नेपालमा भने वान राईड २०२४ कार्यक्रम यही असोज ६ गते बिहान ८ बजे नक्सालबाट सुरु भएको थियो। सो राइड गोदावरी पुगेर समापन गरिएको थियो।

राइड कार्यक्रममा सहभागी राइडरहरुलाई सडक सुरक्षाका बारेमा जनचेतना दिइएको थियो। उक्त राइडमा काठमाडौंसँगै बिर्तामोड, धरान, इटहरी, राजविराज, जनकपुर, वीरगंज, हेटौंडा, नारायणगद, टाडी, भक्तपुर, पोखरा, भैरहवा, बुटवल, दाङ, सुरखेत, नेपालगंज र धनगडीबाट गरि ४५० भन्दा धेरै राइडरहरु सहभागी भएको कम्पनीले जनाएको छ।

यो राइडको उद्देश्य आन्तरिक पर्यटनमा टेवा पुर्‍याउनु र समुदायमा केही सहयोग गर्नेु रहेको आयोजकले जनाएको छ। कम्पनीले गोदावरीमा रहेको पथ प्रदर्शक माविका सबै विद्यार्थीहरुलाई हुने गरि खेलकुद सामाग्री र पचास हजार नगद सहयोग वितरण पनि गरेको छ।

वान राइडको पहिलो संस्करण २०११ मा आयोजना गरिएको थियो।