BIZMANDU
www.bizmandu.com

खानेपानी संस्थानको महाप्रबन्धकका लागि दरखास्त माग, के छ योग्यता मापदण्ड?

२०८१ असोज ५

खानेपानी संस्थानको महाप्रबन्धकका लागि दरखास्त माग, के छ योग्यता मापदण्ड?
खानेपानी संस्थानको महाप्रबन्धकका लागि दरखास्त माग, के छ योग्यता मापदण्ड?


काठमाडौं। खानेपानी मन्त्रालयले खानेपानी संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाल खानेपानी संस्थान ऐन २०४६ को दफा ११ बमोजिम नियुक्तिका लागि ३० दिनको दरखास्त बुझाउने म्याद छ।

Tata
GBIME
NLIC

उक्त पदका लागि इच्छुकले इन्जिनियरिङ, व्यवस्थापन वा प्रशासनमध्ये कुनै एक विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने शैक्षिक योग्यताको मापदण्ड छ।

नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय सेवाको राजपत्राङ्कित तृतीय श्रेणी वा सो सरह (अधिकृतस्तर सातौं वा आठौं तह) को पदमा वा विश्व विद्यालयको सेवा वा कुनै सरकारी संस्था वा प्रचलित कानुन बमोजिम गठन भएको संगठित संस्थाको कम्तीमा अधिकृतस्तर (सातौं वा आठौं तह वा सो सरह) को पदमा वा अन्तराष्ट्रिय संघसंस्थाको भए निजामती सेवाको राजपत्रांकित तृतीय श्रेणीको अधिकृत सरहको पदमा स्थायी नियुक्ति भई कम्तीमा १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने पनि मापदण्डमा छ।

खानेपानीको क्षेत्रमा काम गरेकालाई प्राथमिकता दिइने उक्त पदका लागि  दरखास्त दिन ३५ वर्ष परा भई ६० वर्ष ननाघेको हुनुपर्ने सूचनामा छ।

दरखास्तसाथ खानेपानी मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीहरुको नियुक्ति र मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिम तयार गरिएको स्वघोषणा पत्र र कार्यविवरण अनुसारको व्यवसायिक कार्ययोजना पेस गर्नु पर्ने जनाइएको छ।

दरखास्तका साथ नेपाली नागरिकताप्रमाण पत्रको प्रमाणित प्रतिलिपि,
शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, व्यक्तिगत विवरण, अनुभव खुल्ने कागजातको प्रमाणित प्रतिलिपि पेस गर्नु पर्नेछ।

आवेदकले नेपाल खानेपानी संस्थानको अवधारणासहितको व्यावसायिक कार्ययोजना पाँच हजार शब्दमा नबढाई तयार गरी छुटै पानामा नाम, ठेगाना र सहीछाप गरी सिलबन्दी पेस गर्नु पर्नेछ।

प्राप्त निवेदन जाँचबुझ गरी मन्त्रालयले संक्षिप्त सूची तयार गर्नेछ, जसमा पर्नेहरुलाई मात्र व्यवसायिक कार्ययोजना प्रस्तुतिका लागि बोलाइने सूचनामा उल्लेख छ। दरखास्त खानेपानी मन्त्रालयको वेबसाइटमा उपलब्ध छ भने दरखास्त दस्तुर १० हजार रुपैयाँ छ।