BIZMANDU
www.bizmandu.com

एसिकको सम्मेलनमा अर्थमन्त्री : स्टार्टअपलाई वित्तीय पहुँचका लागि संस्थागत सुरक्षण आवश्यक

२०८१ असोज ४

एसिकको सम्मेलनमा अर्थमन्त्री : स्टार्टअपलाई वित्तीय पहुँचका लागि संस्थागत सुरक्षण आवश्यक
एसिकको सम्मेलनमा अर्थमन्त्री : स्टार्टअपलाई वित्तीय पहुँचका लागि संस्थागत सुरक्षण आवश्यक


काठमाडौं। एसियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने संस्थाहरुको संगठन (एसिक)को ३६औं सम्मेलन शुक्रबार काठमाडौंमा सुरु भएको छ।

Vigo
GBIME
Tata

नेपालल, भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापान लगायत देशका संस्थाको उपस्थितिमा ३० वर्षपछि नेपालमा एसिक सम्मेलन भएको हो। अर्थमन्त्री विष्णु पौडेलले सम्मेलन उद्घाटन गरे।

अर्थमन्त्री पौडेलले नवीन सोच तथा प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुनिश्चित गर्न संस्थागत सुरक्षणको प्रबन्ध अत्यावश्यक भएको बताए।

‘नवीन सोच तथा प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुनिश्चितता गर्न संस्थागत सुरक्षणको प्रबन्ध अत्यावश्यक हुने कुरामा म जोड दिन चाहन्छु,’ उनले भने।

उनले स्टार्टअपका लागि इकोसिस्टम विकास गरी उद्यमशील वातावरण सिर्जना गर्न, सहजीकरण र नियमनका लागि सरकारले आवश्यक व्यवस्था मिलाएको बताए।

मन्त्री पौडेलले सम्मेलनमा हुने अनुभव आदानप्रदानले साना व्यवसायमा वित्तीय पहुँच अभिबृद्धि गर्दै समन्यायिक वित्तीय प्रणालीको विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। सम्मेलन ४ दिनसम्म चल्नेछ।