BIZMANDU
www.bizmandu.com

सिजीले घरायसी उपकरण खरिद गर्नेहरुका ल्यायो अफर, १० जनालाई १० ग्राम सुनका सिक्का

२०८१ असोज ४

सिजीले घरायसी उपकरण खरिद गर्नेहरुका ल्यायो अफर, १० जनालाई १० ग्राम सुनका सिक्का
सिजीले घरायसी उपकरण खरिद गर्नेहरुका ल्यायो अफर, १० जनालाई १० ग्राम सुनका सिक्का


काठमाडौं । सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एस डि ए) ले दशैं, तिहार र छठको अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ।

Tata
GBIME
NLIC

‘दशैंमा १० अफर’ योजना अन्तर्गत १० जना भाग्यशाली ग्राहकहरुले १०-१० ग्रामका १० सुनका सिक्काहरु जित्ने अरवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ।

यो अफर सिजीका साना घरायसी उपकरणहरुमा मात्र लागू हुने जनाइएको छ। यस योजनामा सहभागी हुनका लागि ग्राहकहरुले सिजीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरि विज्ञापन वा सामान किनेको पसलमा दिइएको क्यूआर कोड अनिवार्य रुपमा स्क्यान गरि आफ्नो विवरण भरि समावेश गर्नुपर्नेछ।

यो योजना सिजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर,फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन,एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनको खरिदमा पाइनेछ।

यो अफर भदौ २३ गतेबाट नेपालभर सीमितअवधिको लागि लागू हुने कम्पनीले जनाएको छ।