BIZMANDU
www.bizmandu.com

वसन्तपुरमा ‘हाथु हायेकेगु’ : श्वेत भैरवको मुखबाट महिलाहरुलाई बाँडियो प्रसाद

२०८१ असोज ४

वसन्तपुरमा ‘हाथु हायेकेगु’ : श्वेत भैरवको मुखबाट महिलाहरुलाई बाँडियो प्रसाद
INDRA JATRA 2081 Nepalese women sruggle to drink homemade alcohol from the mouth of Deity Swet Bhairav as blessings during Indra Jatra festival in Kathmandu, Nepal on Thursday, September 19, 2024. The annual festival, named after Indra, the god of rain and heaven, is celebrated by worshipping, rejoicing, singing, dancing and feasting in Kathmandu Valley to mark the end of monsoon season. Indra, the living goddess Kumari and other deities are worshipped during the festival.
 Photo: Prabin Ranabhat


काठमाडौं अहिले यँया: (इन्द्रजात्रा) पर्वमा रमिरहेको छ। वसन्तपुर दरबार क्षेत्रबाट गत आइतबारदेखि थप गुलजार बनिरहेको छ।

Tata
GBIME
NLIC

यसबीच हरेक हनुमानढोकामा रहेको हाथुद्यः (श्वेत भैरव) को मुखबाट प्रसाद (जाँड) र समयबजी वितरण गरिँदैछ। यसलाई नेपालभाषामा ‘हाथु हायेकेगु’ भनिन्छ।

बिहीबार राति पनि प्रसादका लागि ठूलो संख्यामा मानिसहरु हनुमानढोकामा उपस्थित थिए। इन्द्रजात्राका आठै दिन देवताको मूर्तिको मुखबाट निकालिएको पाइपबाट जाँडको प्रसाद बगाएर बाँडिन्छ।

बिहीबार भने महिलाहरुका लागि मात्रै हाथु हायेकेगु गरिएको थियो। वसन्तपुरमा प्रसाद खाने र प्रसाद खाएको हेर्नेको घुइँचो थियो।

झन्डै १५ फिट अग्लो अनुहारमात्रैभएको हाथुद्यःलाई नेपालकै सबैभन्दा ठूलो अनुहार भएको देउताको मूर्तिका रुपमा पनि लिइन्छ। खासमा यो सेतो पत्थरले बनेको मूर्ति हो। अहिले भने यसलाई सुनले मोडिएको छ। राजा रणबहादुर शाहले यो मूर्तिमा सुनले मोड्‌न लगाएको बताइन्छ।