BIZMANDU
www.bizmandu.com

अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिँदै आएको पर्मिटमा थप कडाइ गर्दै क्यानडा, अर्को वर्ष ४५ प्रतिशत कटौती

२०८१ असोज ३

अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिँदै आएको पर्मिटमा थप कडाइ गर्दै क्यानडा, अर्को वर्ष ४५ प्रतिशत कटौती
FILE PHOTO: People are silhouetted in front of the Canadian national flag at the Palais des Congres in Montreal, Quebec, Canada October 21, 2019. REUTERS/Stephane Mahe


क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई दिँदै आएको ‘पर्मिट’ मा थप कटौती गर्ने घोषणा गरेका छन्।

Tata
GBIME
NLIC

यो वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिँदै आएको पर्मिट ३५ प्रतिशत कम भएको भन्दै उनले अर्को वर्ष यसमा थप १० प्रतिशत पर्मिट दिने कार्य कटौती हुने बताएका हुन्।

सन् २०२४ मा क्यानडाले ३५ प्रतिशत विद्यार्थी भर्ना कटौती गरेर ३ लाख ६० हजारलाई मात्रै भिसा दिने यसअघि नै जनाएको थियो। अब सन् २०२५ मा ४५ प्रतिशत विद्यार्थी भर्ना कटौती हुने भएको छ।  

प्रवासीहरुका कारण क्यानडाको अर्थतन्त्रलाई फाइदा भए पनि केही राम्ररा व्यक्तिले त्यसको गलत प्रयोग गरिरहेको उनले बताएका छन्। विद्यार्थीहरुको फाइदा उठाएर गलत गतिविधि भइरहेको भन्दै उनले आउने वर्षहरुमा पर्मिटमा थप कडाइ गर्ने संकेत गरेका छन्।

विदेशी विद्यार्थीको बढ्दो जनसंख्याका कारण आवास र स्वास्थ्य क्षेत्रमा चरम दबाब परेपछि दुई वर्षसम्म भर्ना संख्या घटाउन लागिएको हो।

ट्रुडोको यो निर्णयले नेपाली विद्यार्थीहरु थप प्रभावित हुने भएका छन्। हरेक वर्ष सयौं नेपाली विद्यार्थी क्यानडामा पढ्न जान्छन्।

क्यानडाले विद्यार्थीका लागि वर्क पर्मिटमा पनि कडाइ गरिरहेको छ।