काठमाडौं। सरकारले उप-सचिवहरूको सरुवा गरेको छ। गृह मन्त्रालयले बुधबार ३६ जना उप-सचिवहरूको सरुवा गरेको हो।
जसअन्तर्गत सिंहदरबारस्थित कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका उप-सचिव राजुप्रसाद पौडेललाई रामेछापको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहाललाई गृह मन्त्रालय तानिएको छ भने डिल्लीबजारस्थित कारागारका जेलर रोमबहादुर महतलाई दाहालको स्थानमा सरुवा गरिएको छ।