BIZMANDU
www.bizmandu.com

सुन तोलामा ३ सय रुपैयाँ घट्यो, कारोबार मूल्य प्रति तोला १ लाख ५६ हजार ४ सय

२०८१ असोज २

सुन तोलामा ३ सय रुपैयाँ घट्यो, कारोबार मूल्य प्रति तोला १ लाख ५६ हजार ४ सय
सुन तोलामा ३ सय रुपैयाँ घट्यो, कारोबार मूल्य प्रति तोला १ लाख ५६ हजार ४ सय


काठमाडौं। सुनचाँदीको मूल्य क्रमिक घट्न थालेको छ। मंगलबारको भन्दा सुन बुधबार तोलामा ३ सय रुपैयाँ घट्दै कारोबार मूल्य प्रति तोला १ लाख ५६ हजार ४ सय रुपैयाँ भएको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनका तुलनामा ६ सय रुपैयाँ घट्दा मंगलबार तोलाको १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदी प्रति तोला १ हजार ९ सय ८० रुपैयाँ आइपुगेको छ। अघिल्लो दिनको भन्दा चाँदी तोलामा १५ रुपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको कारोबार मूल्यमा घटबढ छ। बुधबार सुन प्रति औंस २५६९.९४ डलरले कारोबार भइरहेको छ।चाँदी प्रति औंस ३०.४२ डलर छ। मंगलबार सुन प्रति औंस २५७६.९४ डलर र चाँदी ३०.४२ डलर थियो।