BIZMANDU
www.bizmandu.com

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टर गठन, अध्यक्षमा रजत बजाज

२०८१ भदौ ३१

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टर गठन, अध्यक्षमा रजत बजाज
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टर गठन, अध्यक्षमा रजत बजाज

काठमाडौं। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले मधेश प्रदेश प्रदेश च्याप्टर गठन गरेको छ। आज वीरगंजमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश च्याप्टरको शुभारम्भ गरेका हुन्।

Tata
GBIME
Nepal Life

सो कार्यक्रममा सिंहले उद्यमशीलताको प्रबर्धन गर्न सरकार जहिलै तयार रहेको उल्लेख गर्दै रोजगारी सिर्जना गर्न उद्यमशीलताको प्रबर्धन आवश्यक रहेको बताएका थिए।

त्यसक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवा उद्यमीहरुलाई देशमै केही गर्न सकिन्छ भन्ने विश्वास दिलाउँदै विदेश जान आवश्यक छैन भन्ने स्थापित गर्न युवाहरुलाई नीतिबाटै सहजिकरण र प्रोत्साहन गर्न आवश्यक रहेको बताएका थिए।

यस्तै, नेपाल उद्योग परिसंघ मधेश प्रदेशका अध्यक्ष प्रमोद साहले कानुन र नीतिबाटै युवा उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चकाअध्यक्ष आशिषअग्रवालले भने मधेश प्रदेशको आर्थिक विकासले देशलाई नै समृद्धि दिन सक्ने बताएकान थिए।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश च्याप्टरका अध्यक्ष रजत बजाजले देशको महत्वपूर्ण आर्थिक केन्द्र रहेको मधेश प्रदेशका युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न प्रदेश सरकार, स्थानीय सरकारसँग नीतिगत विषयमा समन्वय गर्ने बताएका थिए।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टरको बोर्डमा रजत बजाजसँगै आयोसी तुल्सियाना, अनुनय रुङ्टा, अनुश्री अग्रवाल, दिपक साह रहेका छन्।