BIZMANDU
www.bizmandu.com

सिटी एक्सप्रेस मनी ट्रान्सफरले घोषणा गर्‍यो ‘१८औं वर्षमा १८ गुणा’ योजना

२०८१ भदौ ३१

सिटी एक्सप्रेस मनी ट्रान्सफरले घोषणा गर्‍यो ‘१८औं वर्षमा १८ गुणा’ योजना
सिटी एक्सप्रेस मनी ट्रान्सफरले घोषणा गर्‍यो ‘१८औं वर्षमा १८ गुणा’ योजना


काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ उपहार योजना घोषणा गरेको छ।

Tata
GBIME
NLIC

१८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा कम्पनीले लगातार ९०दिन सम्म चल्ने उपहार योजना ल्याएको हो।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना दुईजनालाई सामसङको स्मार्ट फोन प्रदान गरिनेछ। साथै, हरेक हप्ता दुईजनालाई सामसङकै स्मार्ट टिभि दिइनेछ।

साथै, ९० दिन लगातार हरेक दिन १८जना विजेतालाई जनही ५०० को वालेट टपअप गरिनेछ। अन्त्यमा एक जनालाई बम्पर उपहार स्वरुप आफूले पठाएको रकमको १८ गुणा बढी रकम दिने योजना ल्याइएको छ।

यो अफर असोज १ देखि मंसिर ३० गते सम्म लागू हुने कम्पनीले जनाएको छ। सिटी एक्सप्रेस मार्फतविदेशबाट पैसा पठाउने सबै सेवाग्राही यो योजनामा सहभागी हुने सक्नेछन्।

उपहारको विजेता छनौट विद्युतीय प्रणालीबाट गरिने र सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारी यसमा सहभागी हुन नपाउने जनाइएको छ।