काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको आइतबार बसेको संचालक समिति बैठकले बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।
रिलायन्सले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट सेयरधनीलाई १८.३८ प्रतिशत बोनस सेयर दिने भएको छ। कम्पनीको हाल चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ।
नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको वार्षिक साधारण सभाबाट लाभांश प्रस्ताव पास भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।
कम्पनीले यसअघि २०७६/७७ मा ४.२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। प्राधिकरणले २०७८ चैतमा इन्स्योरेन्स कम्पनीको पुँजी वृद्धि गर्ने निर्णय गरेको थियो।
जसअनुसार लाइफ इन्स्योरेन्सलाई ५ अर्ब रुपैयाँ तोकिएको छ। कम्पनीले चुक्ता पुँजी वृद्धि गर्न बोनस सेयर दिने निर्णय गरेको हो।