BIZMANDU
www.bizmandu.com

अधिकांश बैंकले घटाए निक्षेपको ब्याज : ९ वटाको स्थिर, कुन बैंकको कति ?

२०८१ भदौ ३१

अधिकांश बैंकले घटाए निक्षेपको ब्याज : ९ वटाको स्थिर, कुन बैंकको कति ?
अधिकांश बैंकले घटाए निक्षेपको ब्याज : ९ वटाको स्थिर, कुन बैंकको कति ?

काठमाडौं। अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्। २०८१ भदौको तुलनामा असोज १ गतेदेखि लागू हुने ब्याजदर घटेको हो।

Tata
GBIME

आर्थिक गतिविधि बढ्न नसकेर कर्जाको माग नभएपछि गत वर्षको असाजदेखि नै बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै आइरहेका छन्।

असोज १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको ब्याजदर अनुसार संचालनमा रहेका २० मध्ये ९ बैंकले घटाएका छन्। दुई बैंकले बढाएका छन्। ९ वटा बैंकको ब्याजदर भने स्थिर छ।

माछापुच्छ्रे, प्रभु, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, सिद्धार्थ, स्ट्यान्डर्ड चाटर्ड, लक्ष्मी सनराइज, सिटिजन्स् र हिमालयन बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका हुन्।

नेपाल बैंक र कृषि विकास बैंकले निक्षेपको ब्याजदर बढाएका छन्।

नबिल, एभरेष्ट, राष्ट्रिय वाणिज्य, एनआइसी एसिया, एनएमबि, सानिमा र नेपाल एसबिआइ बैंकले निक्षेपको ब्याजदर घटाएका छन्।

असोजमा मुद्दती निक्षेप सबैभन्दा बढी ब्याजदर एनआईसी एसिया र कम सानिमा बैंकले दिइरहेका छन्। एनआईसी एसियाले मुद्दती निक्षेप अधिकतम ७.१८ प्रतिशत ब्याजदर कायम गरेको छ। सानिमा बैंकले ५.९० प्रतिशत ब्याजदर कायम गरेको छ।

बैंक२०८१ असोज२०८१ भदाै२०८१ साउन२०८१ असार२०८१ जेठ
प्राइम कमर्सियल६.२५६.७५६.५६.७५
माछापुच्छ्रे७.५७.२५
नेपाल एसबिआइ६.२५६.३६.३६.३९
कुमारी६.०१६.७१६.७१६.७६७.२६
कृषि विकास बैंक६.०७६.०६६.२९५.६६५.६६
प्रभु६.१६.१७.५७.५
सानिमा५.९६.२६.४६.८६.९
एनएमबि६.५०७.४१७.५३७.६९७.८
लक्ष्मी सनराइज६.५०६.५०६.५६.५
एनआईसी एसिया७.१८७.४१७.५३७.६९७.८
राष्ट्रिय वाणिज्य बैंक६.०७६.२१६.२२६.२२
नबिल बैंक६.७५७.७५
ग्लोबल आइएमई६.२५६.२५६.२५६.५७.५
स्ट्यान्डर्ड चार्टर्ड
नेपाल बैंक५.९५५.२५६.२५६.७५६.७५
एभरेष्ट६.१६.३५.७५६.५
नेपाल इन्भेष्टमेन्ट
सिटिजन्स्६.५०६.५०६.७५६.९
सिद्धार्थ६.५६.५६.७५
हिमालयन७.५८.२५७.५