BIZMANDU
www.bizmandu.com

विश्व पर्यटन दिवसका अवसरमा नाट्टाले राष्ट्रिय शहीद शान्ति पार्कमा गर्‍यो वृक्षारोपण

२०८१ भदौ ३०

विश्व पर्यटन दिवसका अवसरमा नाट्टाले राष्ट्रिय शहीद शान्ति पार्कमा गर्‍यो वृक्षारोपण
विश्व पर्यटन दिवसका अवसरमा नाट्टाले राष्ट्रिय शहीद शान्ति पार्कमा गर्‍यो वृक्षारोपण

काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले वृक्षारोपण गरेको छ। संघले ४५औं विश्व पर्यटन दिवसको अवसरमा शनिबार काठमाडौंको गोकर्णेश्वरमा वृक्षारोपण गरेको हो।

Tata
GBIME

राष्ट्रिय शहीद शान्ति पार्कमा विभिन्न प्रजातिका विरुवा रोपेको नाट्टाले जनाएको छ। नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले वातावरण संरक्षणमा योगदान गर्ने ध्येयले वृक्षारोपण गरेको बताए।

वृक्षारोपणमा ट्राभल एजेन्सी सञ्चालकहरुका साथै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी लगायत सहभागी थिए।