BIZMANDU
www.bizmandu.com

इन्स्योरेन्सको पहुँच बाहिर ८२.५२% जनसंख्या, कम्पनीको संख्या बढ्दा दायरा किन खुम्चिंदो ?

२०८१ भदौ २८

इन्स्योरेन्सको पहुँच बाहिर ८२.५२% जनसंख्या, कम्पनीको संख्या बढ्दा दायरा किन खुम्चिंदो ?
इन्स्योरेन्सको पहुँच बाहिर ८२.५२% जनसंख्या, कम्पनीको संख्या बढ्दा दायरा किन खुम्चिंदो ?

काठमाडौं। इन्स्योरेन्स कम्पनीको संख्या बढ्दा बीमाको दायरा भने खुम्चिएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष साउनसम्म म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमा सहित बीमाको पहुँचमा रहेको जनसंख्या ४२.७० प्रतिशत छ।

Tata
GBIME

पोहोर यही अवधिमा यसप्रकारको बीमाको दायरामा आएको जनसंख्या ४४ प्रतिशत थियो। म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमा लेखबाहेक बीमाको दायरामा रहेको जनसंख्या १७.४८ प्रतिशत छ। पोहोर यस्तो जनसंख्या १७.४४ प्रतिशत थियो।

प्राधिकरणको तथ्यांकलाई आधार मान्ने हो भने ८२.५२ प्रतिशत जनसंख्या बीमाको पहुँच बाहिर छ। नेपालमा अहिले ४ वटा लघुसहित १८ वटा जीवन बीमा कम्पनी छन्।

२०७८ अघि जीवन बीमा कम्पनीको संख्या १९ रहेकामा मर्जर तथा एक्विजिसनपछि १४  कायम भएको छ। यो बीचमा माइक्रो लाइफ इन्स्योरेन्स थपिएका छन्। तर, माइक्रो इन्स्योरेन्सले अपेक्षा अनुसार व्यवसाय बढाउन सकेका छैनन्।

गार्डियन माइक्रो लाइफका सीइओ चिरायु भण्डारी आर्थिक शिथिलता र बीमा साक्षरता अभावलाई बीमाको दायरा खुम्चिनुको मुख्य कारण ठान्छन्।

‘इन्स्योरेन्समा अहिलेको सबैभन्दा ठूलो चुनौती साक्षरताको कमी हो। ग्रामीण क्षेत्रमा साक्षरता न्यून छ। मानिसहरुलाई बुझाउनै मुस्किल छ,’ उनले भने, ‘आर्थिक शिथिलताले पनि असर पारेको छ।’