BIZMANDU
www.bizmandu.com

सरकारले बढायो ढुकुटीमा भार, पहुँचवालालाई जागिर दिन १०५० अस्थायी दरबन्दी सृजना

२०८१ भदौ २८

सरकारले बढायो ढुकुटीमा भार, पहुँचवालालाई जागिर दिन १०५० अस्थायी दरबन्दी सृजना
सरकारले बढायो ढुकुटीमा भार, पहुँचवालालाई जागिर दिन १०५० अस्थायी दरबन्दी सृजना

काठमाडौं। दरबन्दीका कर्मचारीमध्ये कतिपयले कामविनै तलब पकाइरहेका बेला सरकारले ढुकुटीमा भार पार्दै १ हजारभन्दा बढी अस्थायी दरबन्दी सृजना गरेको छ।

Tata
GBIME

सरकारले विभिन्न ४ मन्त्रालय अन्तर्गत विभिन्न आयोजनाका लागि १ हजार ५० अस्थायी दरबन्दी सृजना गरेको हो। मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले अस्थायी दरबन्दी स्वीकृत गरेको छ।

सहरी विकास मन्त्रालय अन्तर्गत नयाँ सहर योजनाका लागि ४७९, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत मध्यपहाडी राजमार्गसहितका आयोजनाका लागि ३५१, खानेपानी मन्त्रालय अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयका लागि २१० र पर्यटन मन्त्रालय अन्तर्गत पुनर्निर्माणका लागि १० वटा दरबन्दी सृजना गरिएको हो। ती दरबन्दी अधिकृतस्तरका हुन्।

अस्थायी दरबन्दीमा मन्त्रीहरुले विनाप्रतिस्पर्धा आफ्ना आसेपासेलाई नियुक्ति दिने गरेका छन्।