काठमाडौं। स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले राजीनामा दिएका छन्। आफूले चाहे अनुसार काम गर्न नसकेको भन्दै लोहनीले शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई राजीनामा बुझाएका हुन्।
‘स्वास्थ्य बीमा कार्यक्रममा सुधारको काम गर्न चाहेको थिएँ। तर, त्यसअनुसार काम गर्न सकिन। त्यसैले राजीनामा दिएको हुँ,’ उनले बिजमाण्डूसँग भने।
सुधारका लागि कसले काम गर्न दिएन? भन्ने प्रश्नमा भने उनले जवाफ दिएनन्। उनी गत मंसिरमा बोर्ड अध्यक्ष नियुक्त भएका थिए।
मन्त्री पौडेलले स्वास्थ्य बीमाको दर र दायरा बढाउनुपर्ने बताउँदै आएका छन्। तर, सरकारको स्रोतले अहिलेकै दायित्व धान्न मुस्किल परेको भन्दै बोर्ड अधिकारीहरुले बजेट बढाउन माग गर्दै आएका छन्।