BIZMANDU
www.bizmandu.com

राष्ट्रियस्तरका विकास बैंकहरुको ऋण लगानी क्षमता बलियो बन्दै, कसरी बढ्यो पुँजी कोष?

२०८१ भदौ २८

राष्ट्रियस्तरका विकास बैंकहरुको ऋण लगानी क्षमता बलियो बन्दै, कसरी बढ्यो पुँजी कोष?
राष्ट्रियस्तरका विकास बैंकहरुको ऋण लगानी क्षमता बलियो बन्दै, कसरी बढ्यो पुँजी कोष?

काठमाडौं। राष्ट्रियस्तरका विकास बैंकहरुको पुँजी पर्याप्तता अनुपात (पुँजी कोष) पछिल्लो तीन महिनामा ०.५० प्रतिशतले बढेको छ। गत चैतमा औसत १२.७१ प्रतिशत रहेको यस्तो पुँजी कोष अनुपात असार मसान्तमा १३.२१ प्रतिशत पुगेको हो।

Tata
GBIME

गत चैतमा राष्ट्रियस्तरका ८ मध्ये ६ वटा विकास बैंक पुँजी कोषको दबाबमा थिए। अहिले उनीहरू सहज अवस्थामा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

७ वटा विकास बैंकको पुँजी कोषमा सुधार हुँदा ज्योति विकास बैंकको प्राथमिक पुँजी कोष भने केही घटेको छ। पछिल्लो ६ महिनामा सबैभन्दा धेरै प्राथमिक पुँजी कोष सुधार भएको महालक्ष्मी बैंकको हो। गत चैतमा यो बैंकको प्राथमिक पुँजी कोष ९.६२ प्रतिशत रहेकोमा असारमा आइपुग्दा ११.८७ प्रतिशत पुगेको छ।

नियामकीय प्रावधान अनुसार राष्ट्रियस्तरका विकास बैंकहरुले क्यापिटल एडुकेसी रेसियो २०१५ अनुसार प्राथमिक पुँजी न्यूनतम ८.५ प्रतिशत र पूरक पुँजी साढे २ प्रतिशत कायम गर्नुपर्छ।

हालको व्यवस्थाअनुसार राष्ट्रियस्तरका विकास बैंकहरूले एक सय रुपैयाँ कर्जा प्रवाह गर्दा न्यूनतम साढे ११ प्रतिशत बैंकका तर्फबाट र बाँकी ८८.५० प्रतिशत बचतकर्ताको निक्षेपबाट हाल्नुपर्छ । बैंकले हाल्ने साढे ११ प्रतिशतलाई पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडुकेसी रेसियो) भनिन्छ । यसलाई प्राथमिक र पूरक पुँजी गरी दुई वर्गमा विभाजन गरिन्छ ।

राष्ट्रियस्तरका विकास बैंकहरुले प्राथमिक पुँजी न्यूनतम ८.५ प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ। प्राथमिक पुँजी जति कम हुन्छ, त्यति नै बैंकहरूको ऋण दिन सक्ने क्षमता कमजोर हुन्छ।

गत चैतसम्म ६ वटा बैंकको प्राथमिक पुँजी १० प्रतिशतभन्दा कम थियो। असारसम्म आइपुग्दा तीनवटा बैंकको प्राथमिक पुँजी मात्र १० प्रतिशतभन्दा कम छ । बाँकी सबैको त्योभन्दा धेरै रहेकाले कर्जा प्रवाह क्षमतामा सुधार भएको बैंकरहरू बताउँछन्।

प्राथमिक पुँजी कोष सीमाभन्दा कम भए लाभांश वितरणमा समेत रोक् लगाउने गरेको राष्ट्र बैंकका निर्देशक डिल्लीराम पोखरेल बताउँछन्।

गत पुसमा मुक्तिनाथ विकास बैंकको प्राथमिक पुँजी कोष सीमाभन्दा कम थियो जसले गर्दा बैंकले यो वर्ष मुनाफा वितरण गर्न पाउने छैन।

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष तथा सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष सुयोग श्रेष्ठ रिकभरी सुधारसँगै नियामकीय व्यवस्थामा गरिएको सहजताका कारण पुँजी कोष सुधार भएको बताउँछन्।

राष्ट्र बैंकले साउन मसान्तसम्मको ब्याज आम्दानीलाई गत वर्षको नाफामा कायम गर्न पाउने व्यवस्थाका साथै असल कर्जाको प्रोभिजनिङ ०.१० प्रतिशतले घटाएकाले त्यसको प्रभाव पुँजी कोषमा देखिएको हो।

कर्जा असुलीमा समेत सुधार हुँदा त्यसले नाफा बढ्न गइ पुँजी कोष बढेको श्रेष्ठको भनाइ छ।

कामना सेवा विकास बैंकका सीइओ दिनेश थकाली पनि कर्जा असुलीमा सुधारका कारण पुँजी कोषमा बढेको बताउँछन्। ‘चैतमा खासै असुली हुँदैन, जेठ-असारमा असुली राम्रो हुन्छ। त्यही कारण पुँजी कोषमा सुधार देखिएको हो,’ उनले भने।

कुन विकास बैंकको पुँजी कोषको अवस्था कस्तो ?

विकास बैंक२०८० चैत२०८१ असारफरक
मुक्त्तिनाथ९.२८९.९२०.६४
ज्योति८.५८८.५३-०.०५
गरिमा१०.९८११.६६०.६८
महालक्ष्मी९.६२११.८७२.२५
साइन रेसुङ्गा११.३३११.८७०.५४
लम्बिनी९.६३१०.०४०.४१
सांग्रिला९.२९१०.०७०.७८
कामना सेवा९.०३९.५४०.५१
औसत९.७२१०.४४०.७२