BIZMANDU
www.bizmandu.com

जाम्बियाका गैरआवासीय राजदूतले राखे नेपालमा खानी उत्खननमा सहकार्यको प्रस्ताव

२०८१ भदौ २८

जाम्बियाका गैरआवासीय राजदूतले राखे नेपालमा खानी उत्खननमा सहकार्यको प्रस्ताव
जाम्बियाका गैरआवासीय राजदूतले राखे नेपालमा खानी उत्खननमा सहकार्यको प्रस्ताव


काठमाडौं । जाम्बियाले नेपालको नेपालको खानी तथा खनिजजन्य पदार्थ उत्खननमा प्राविधिक सहयोग गर्न सहकार्यका लागि आह्वान गरेको छ।

Tata
GBIME
NLIC

आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटका क्रममा नेपालका लागि जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले नेपालको खानी तथा खनिजजन्य पदार्थ उत्खननमा प्राविधिक सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाएका हुन्।

भेटमा राजदूत चन्दाले नेपाल र जाम्बियाको भौगोलिक बनावट समान रहेको उल्लेख गर्दै दुवै देशबीच खानी तथा खनिज पदार्थ उत्खननका लागि सहकार्य गर्न जाम्बिया सरकार तयार रहेको बताएका हुन्।

त्यसक्रममा मन्त्री भण्डारीले दुवै देश अतिकम विकसित र भू–परिवेष्ठित भएका कारणले दुवै देशका चुनौती र विकासका लक्ष्य समान रहेका जनाउँदै विशेषगरी व्यापार, कृषि, पर्यटन र खानी उद्योगमा दुवै देशको अनुभव आदानप्रदान गर्ने प्रशस्त सम्भावना रहेको बताएका थिए।

‘नेपालले खानी अन्वेषणलाई प्राथमिकतामा राखेको तथा जाम्बियामा खानी उद्योगको प्रशस्त सम्भावना रहेको र जाम्बियामा यस क्षेत्रमा थप विकास भएका कारणले नेपालले खानी उद्योगमा जाम्बियासित मिलेर सहयोग आदानप्रदान गर्ने सम्भावना रहेको छ। यसका लागि नेपाल सरकार तत्पर छऽ,’ उनले भने।

जाम्बियाको अवस्थितिका कारणले अफ्रिकी महादेशमा सम्बन्ध विस्तारका लागि एक महत्वपूर्ण बिन्दु हुनसक्ने मन्त्री भण्डारीको भनाइ थियो। नेपालको बहुआयामिक भूगोल, संस्कृति र सम्भावनाबाट जाम्बियालेसमेत सामाजिक सांस्कृतिक एवं भौगोलिक लाभ प्राप्त गर्नसक्ने उनको जिकिर थियो।

राजदूत चन्दाले भने जाम्बियामा खानीको उत्खनन वार्षिक कम्तीमा पनि ६० हजार करोड बराबरको हुने गरेको र जाम्बियामा प्राविधिक जनशक्ति कुशल रहेकाले एकअर्काबीच प्राविधिमा सहकार्य आवश्यक रहेको बताएका थिए।

उनले भने, ‘नेपालमा पनि खानी र खनिजको सम्भावना अत्यन्त राम्रो छ। छिट्टै जाम्बिया र नेपालका दुवै सरोकारवाला मन्त्रालयबीच समन्वय गरेर सहयोग आदानप्रदान गर्नुपर्छ।’

सो क्रममा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले राजदूत चन्दालाई नेपालका खानीबारे जानकारी गराएका थिए।