BIZMANDU
www.bizmandu.com

गण्डकीमा सिद्धार्थको सेवा विस्तार, दमौलीमा सिनेमा हलसहितको होटल संचालनमा

२०८१ भदौ २८

गण्डकीमा सिद्धार्थको सेवा विस्तार, दमौलीमा सिनेमा हलसहितको होटल संचालनमा
गण्डकीमा सिद्धार्थको सेवा विस्तार, दमौलीमा सिनेमा हलसहितको होटल संचालनमा


काठमाडौं । चेन हस्पिटालिटी सिद्धार्थ ग्रुपअन्तर्गत तनहुँको दमौलीमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ संचालनमा आएको छ।

Tata
GBIME
NLIC

एपेक्स हस्पिटालिटी लिमिटेडको निर्माण र सिद्धार्थ हस्टिपालिटीको व्यवस्थापनमा ‘सिद्धार्थ बाटिका’ ब्राण्डअन्तर्गतको होटल संचालनमा ल्याइएको हो ।

बिहीबारबाट औपचारिक रुपमा होटल संचालनमा आएको हो। व्यास नगरपालिकाका प्रमुख बैकण्ठ न्यौपानेले होटलको उद्घाटन गर्दै पछिल्लो समय दमौली पर्यटकीय नगरीका रुपमा विकास हुँदै गएको बताएका थिए।

‘म लगानीकर्तालाई दमौलीमा लगानीमैत्री वातावरण भएकाले थप लगानीका लागि आग्रह गर्छु,’ उनले सो अवसरमा भने।

दमौलीमा पहिलो पटक तीनतारे स्तरको सुविधासम्पन्न होटल निर्माण भएको हो।

उद्घाटन अवसरमा एपेक्स हस्पिटालिटी लिमिटेडका अध्यक्ष मुकुन्द तिमल्सिनाले व्यावसायिक कम्प्लेक्सको अवधारणामा भवन निर्माण सुरु गरिए बताए। पछि त्यसैलाई सुविधा सम्पन्न होटलमा रुपान्तरण गरि दुईवटा सिनेमा हल पनि संचालनमा ल्याइएको जानकारी दिए।

होटलमा डिलक्स र जुनियर स्वीट गरि ३४ वटा कोठा छन्। करिब १५० जना क्षमताको एउटा हल र करिब ४० जना अट्ने दुई हल छन्। होटलमा अल डे डाइनिङ रेष्टुरेन्ट, बार रेष्टुरेन्ट र सिद्धार्थ क्याफेको पनि सुविधा छ।

होटलमा पर्याप्त सवारी साधन अट्ने गरि अन्डरग्राउण्ड पार्किङ र विद्युतीय चार्जिङको पनि व्यवस्था रहेको जनाइएको छ। 

सो अवसरमा सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत पर्यटन क्षेत्रको विकास बिना आर्थिक समृद्धि हासिल नुहेन बताएका थिए। पर्यटन क्षेत्रको विकासमार्फत स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने उनको भनाइ थियो।