BIZMANDU
www.bizmandu.com

‘सी-चेक’ गरेर अढाइ महिनापछि ल्याइएको विमानमा कैफियत, फेरि गरियो ग्राउन्डेड

२०८१ भदौ २८

‘सी-चेक’ गरेर अढाइ महिनापछि ल्याइएको विमानमा कैफियत, फेरि गरियो ग्राउन्डेड
‘सी-चेक’ गरेर अढाइ महिनापछि ल्याइएको विमानमा कैफियत, फेरि गरियो ग्राउन्डेड

काठमाडौं । इटलीबाट अढाइ महिना पछि ‘सी-चेक’ गरेर ल्याइएको नेपाल वायु सेवा निगमको जहाज पुन: ग्राउन्डेड भएको छ।

Tata
GBIME

सी-चेक गरेको जहाजमा हुनुपर्ने काम पर्याप्त पूरा नभएका कारण नागरिक उड्डयन प्राधिकरणले विमान फेरि ग्राउन्डेड गरेको हो।

विमानको यस प्रकारको परीक्षण प्रत्येक एक वर्षमा गर्ने गरिन्छ। यसपटक परीक्षण गरेर ल्याउँदा विमान बिग्रिएको अवस्थामा रहेको प्राधिकरण स्रोतले जनाएको छ।

‘जहाज ज्यादै दयनिय अवस्थामा ल्याइएको छ। भित्र सबै फोहोर छ। केही भागमा रङहरु उप्किएका छन। सी-चेक अन्तर्गत पूरा गर्नु पर्ने कामै नभएको पाइएको छ,’प्राधिकरणका एक कर्मचारीले भने,’अब निगमले जहाज सरसफाइ लगायतको काम पछि मात्र यो जहाजमार्फत उडान गर्न पाउँछ।’

प्राधिकरणले बिहीबार जहाज आए लगत्तै निरीक्षण गर्दा कैफियत देखे पछि साँझ कम्पनीमा पत्राचार गरेको जनाएको छ। ‘क्वालिटी अफ वर्क’ नभएको भन्दै इटालीको कम्पनीलाई पत्र पठाइएको हो।

यस अघि यही जहाज सी-चेकको लागि इन्डोनेसिया पठाउँदा भने यस्तो समस्या आएको थिएन। तर यो पटक कम्पनी छनोट र सी-चेकका क्रममा निगम प्रतिनिधि र प्राधिकरणका प्रतिनिधि नभएका कारण यस्तो समस्या आर्को ती कर्मचारीले बताए।

हाल ल्याइएको जहाज करिब महिनासम्म इटालीमै बेवारिसे अवस्थामै थियो। जस कारण यस्तो कैफियत देखिएको ती कर्मचारीको दाबी छ।