BIZMANDU
www.bizmandu.com

संवैधानिक परिषद्को बैठकको तयारीका लागि ओली, प्रचण्ड र देउवाबीच छलफल

२०८१ भदौ २७

संवैधानिक परिषद्को बैठकको तयारीका लागि ओली, प्रचण्ड र देउवाबीच छलफल
संवैधानिक परिषद्को बैठकको तयारीका लागि ओली, प्रचण्ड र देउवाबीच छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ।

Tata
GBIME

शुक्रबार बस्ने संवैधानिक परिषद्को बैठकको तयारी स्वरुप बिहीबार तीन नेताबीच बालुवाटारमा छलफल भएको बताइएको छ।

बैठकमा प्रचण्डले सम्भव भएसम्म शुक्रबार नै संवैधानिक निकायका रिक्त पदमा सिफारिस गर्नुपर्ने बताएको उनको सचिवालयले जनाएको छ। नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने उनले धारणा व्यक्त गरेका छन्।