BIZMANDU
www.bizmandu.com

भाटभटेनी सुपरमार्केटमा ७५० जनालाई पार्टटाइम काम, घण्टाका आधारमा ७/७ दिनमा पैसा

२०८१ भदौ २५

भाटभटेनी सुपरमार्केटमा ७५० जनालाई पार्टटाइम काम, घण्टाका आधारमा ७/७ दिनमा पैसा
भाटभटेनी सुपरमार्केटमा ७५० जनालाई पार्टटाइम काम, घण्टाका आधारमा ७/७ दिनमा पैसा


विराटनगर। देशको सबैभन्दा ठूलो चेन सुपरस्टोर भाटभटेनीले ७५० जनालाई पार्टटाइम काम दिएको छ। भाटभटेनीले आफ्ना विभिन्न १३ वटा स्टोरमार्फत ७५० जनालाई पार्टटाइम काम दिएको हो।

Tata
GBIME

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले काठमाडौं उपत्यकाभित्रका १३ वटा स्टोरमा मात्र पार्टटाइम रोजगारी दिइएको जानकारी दिए।

‘हामीले साउनमा पार्टटाइम रोजगारीका लागि औपचारिक रूपमा आह्वान गर्‍यौं’, उनले बिजमाण्डूसँग भने, ‘साउनमै अन्तर्वार्ता लिएर छनौट गर्‍यौं। आवेदकलाई आवश्यक तालिम र प्रयोगात्मक अभ्यास पनि गरायौं। र, भदौदेखि राजधानीका स्टोरमा रोजगारी दिएका हौं।’

भाटभटेनीले १८ देखि २१ वर्षसम्मका युवायुवतीलाई पार्टटाइम रोजगारी दिएको छ। उनीहरूले हप्तामा बढीमा ३५ घण्टा काम गरिरहेका छन् भने साप्ताहिक रूपमा पैसा बुझ्दै आएका छन्। सरकारले तोकेभन्दा बढीका दरले ज्याला दिएको गुरुङको भनाइ छ।

पार्टटाइम रोजगारले अहिले बिहान र दिउँसो मात्र काम गरिरहेका छन्। असोजदेखि रातिको सिफ्टमा पनि काम लगाउने तयारी छ।

असोज १ देखि राजधानीबाहिरका १४ वटा स्टोरमा पनि पार्टटाइम काम दिने भाटभटेनीको तयारी छ। गुरुङले यस्तो रोजगारी असोजभित्र १५ सय र मंसिरसम्म २ हजार पुर्‍याउने लक्ष्य राखेका छन्।

‘भर्खर युवावस्थामा प्रवेश गरेकाहरू गलत बाटोमा नलागून्, रोजगारीका लागि विदेश नजाऊन् र आफ्नै खर्चले अध्ययन गर्न सकून् भनेर हामीले पार्टटाइम रोजगारीको स्किम ल्याएका हौँं, उनले भने, ‘अरू रोजगारदाताले पनि हाम्रो जस्तो स्किम ल्याउन भन्ने मेरो चाहना छ।’

उनले गत असार १२ गते २ हजार युवायुवतीलाई घण्टाका आधारमा पार्टटाइम रोजगारी दिने योजना सार्वजनिक गरेका थिए।