काठमाडौं । अन्शुमान गुरुङले थप ९ वटा विधामा ‘स्पीड म्याथ रेकर्ड’ कायम गरेका छन्। अनलाइन प्लेटफर्म स्पोर्कलमा उनले बनाएको रिकर्ड सिंगापुर रेकर्डमा दर्जसमेत भएको छ।
नेपालका गुरुङ हाल अभिभावकसँग सिंगापुरमा बस्दै आएका छन्। यसअघि गुरुङले १० वटा मेरोरी रेकर्ड र ३ वटा म्याथमेटिक्स रेकर्ड समेत बनाएका थिए।
७ वर्षीय उनी ‘टाउ’, ‘स्क्वायर रुट’ जस्तो गाह्रो गणितीय भ्यालुलाई सजिलै पस्किने क्षमता राख्छन्। गत नोभेम्बरमा उनले सिंगापुर बुक अफ रेकर्डसमा नयाँ ७ वटा कीर्तिमान बनाएका थिए। त्यससँगै उनको कीर्तिमानको संख्या १३ पुगेको थियो।