BIZMANDU
www.bizmandu.com

बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकलाई तनाव, तरलता व्यवस्थापन गर्न प्रणालीबाट थप १ खर्ब तान्दै

२०८१ भदौ २३

बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकलाई तनाव, तरलता व्यवस्थापन गर्न प्रणालीबाट थप १ खर्ब तान्दै
बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकलाई तनाव, तरलता व्यवस्थापन गर्न प्रणालीबाट थप १ खर्ब तान्दै


काठमाडौं। ऋण विस्तार नभएर बैंकहरुमा पैसा थुप्रिएपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप १ खर्ब खिच्न लागेको छ।

Tata
GBIME
NLIC

राष्ट्र बैंकले बोलकबोल उपकरणमार्फत २१ दिनका लागि १ खर्ब रुपैयाँ खिच्न लागेको हो।

यसका लागि बैंक तथा वित्तीय संस्थाले आइबार अपराह्न ३ बजेसम्म प्रस्ताव पेस गर्नुपर्नेछ। यसअघि बोलकबोलमार्फत खिचेको ५८ अर्ब ६० करोड रुपैयाँ परिपक्व हुन बाँकी छ।