BIZMANDU
www.bizmandu.com

‘कमाउने नि हो रमाउने नि हो..’, तीज भाकाले बिहानैदेखि गुञ्जियो पशुपति (तस्विरहरु)

२०८१ भदौ २१

‘कमाउने नि हो रमाउने नि हो..’, तीज भाकाले बिहानैदेखि गुञ्जियो पशुपति (तस्विरहरु)
‘कमाउने नि हो रमाउने नि हो..’, तीज भाकाले बिहानैदेखि गुञ्जियो पशुपति (तस्विरहरु)

काठमाडौं ।आज तीज। यसदिन हरेक वर्ष पशुपतिनाथ मन्दिर परिसरमा महिलाहरुको भिड लागेको छ।

Tata
GBIME

बिहान वर्षातबीच नै सयौं महिला लाइन बस्न पुगेका थिए। दिउँसो पनि पशुपति पुग्ने महिलाको संख्या बढ्दो छ।

तीजकै अवसरमा आज पशुपतिको चारवटै ढोका दर्शनार्थीको लागि खुला गरिएको छ।

पशुपति परिसरमा अहिले तीज गीतहरु गुञ्जिएका छन्। महिलाहरु पुराना र नयाँ तीज गीतहरु नृत्य गर्न थालेका थिए।

‘कमाउने नि हो रमाउने नि हो’, ‘आयौं चेली’, ‘आइन आमा’, ‘चिटिक्क भा’छु रे’, ‘हामी पनि नाच्नु पर्छ’, ‘तीजको रहर आयो बरी लै’ लगायतका गीतमा अहिले पनि पशुपति परिसरमा नृत्य जारी छ।