काठमाडौं। नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो भएको छ। प्रति तोला १ हजार ३०० रुपैयाँ बढेर सुन हालसम्मकै महँगो भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको मूल्य प्रति तोला १ लाख ५३ हजार ३०० रुपैयाँ तोकेको छ। सुनको मूल्यमा भदौ १३ गते कीर्तिमान बनेकामा एक सातामै त्यो ब्रेक भएको हो।
चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँ बढेको छ। चाँदीको मूल्य प्रति तोला १ हजार ७९५ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा भाउ बढेका कारण नेपालमा पनि महँगिएको महासंघले जनाएको छ।