BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा थप सुविधा एकसाथ पाइने योजना सार्वजनिक

२०८१ भदौ २१

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा थप सुविधा एकसाथ पाइने योजना सार्वजनिक
ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा थप सुविधा एकसाथ पाइने योजना सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ।

Tata
GBIME

यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरु सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि–आस्वा, तथा टिएमएस खाता खोल्न आवेदन दिन पाइने भएको छ।

ग्लोबल आइएमई क्यापिटलमा धितोपत्रको कारोबार (खरिद तथा बिक्री) का लागि आवश्यक पर्ने डिम्याट खाता र सोको संचालनको लागि मेरो सेयर, आइपिओ भर्न चाहिने सि–आस्वा रजिष्ट्रेशन नम्बर र जेबिएनएल सेक्यरिटिजमा सेयर बजारमा सेयर खरिद तथा बिक्रीका लागि आवश्यक पर्ने टिएमएस खाता सुविधा ग्राहकले पाउने छन्।

यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ। डिजिटल युनिभर्सको माध्यमबाट घरबाटै आवश्यकता अनुसार यो सुविधा प्रयोग गर्न सकिनेछ। यी सेवाहरु बैंकको ३५४ वटा शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछ।

बैंकमा नयाँ खाता खोलेर वा आफ्नो भइरहेको खातालाई यस योजनामा परिमार्जन गरेर र निष्क्रिय भएको खातालाई सक्रिय गराएर पनि यस योजनामा सामेल हुन सक्ने बैंकले जनाएको छ।