BIZMANDU
www.bizmandu.com

कुमारी बैंक र काठमाडौं नेत्रालयबीच सम्झौता, बैंकका ग्राहकलाई उपचारमा १० प्रतिशत छुट

२०८१ भदौ १९

कुमारी बैंक र काठमाडौं नेत्रालयबीच सम्झौता, बैंकका ग्राहकलाई उपचारमा १० प्रतिशत छुट
कुमारी बैंक र काठमाडौं नेत्रालयबीच सम्झौता, बैंकका ग्राहकलाई उपचारमा १० प्रतिशत छुट

काठमाडौं। कुमारी बैंकका ग्राहकले गोल्फुटारस्थित काठमाडौं नेत्रालय सुपर स्पेसियालिटी आइ केयर सेन्टरमा १० प्रतिशत छुट पाउने भएका छन्।

Tata
GBIME

यस सम्बन्धमा बैंक र काठमाडौं नेत्रालयबीच सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका ग्राहकले काठमाडौं नेत्रालयमा चिकित्सक परामर्श/जाँच, अनुसन्धान र शल्यक्रियामा १० प्रतिशत छुट पाउनेछन्।

छुट सुविधाका लागि ग्राहकले कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैकिङबाट रकम भुक्तानी गर्नुपर्नेछ।