BIZMANDU
www.bizmandu.com

ऊर्जामन्त्री खड्काले एडीबीका नेपाल निर्देशकसँग भने- आयोजनामा देखिएका समस्या समाधान गर्छौं

२०८१ भदौ १९

ऊर्जामन्त्री खड्काले एडीबीका नेपाल निर्देशकसँग भने- आयोजनामा देखिएका समस्या समाधान गर्छौं
ऊर्जामन्त्री खड्काले एडीबीका नेपाल निर्देशकसँग भने- आयोजनामा देखिएका समस्या समाधान गर्छौं

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विकास आयोजनामा ढुक्क भएर लगानी गर्न एसियाली विकास बैंक (एडीबी)लाई आग्रह गरेका छन्।

Tata
GBIME
Nepal Life

उनले बुधबार नेपालका लागि एडीबीका नेपाल निर्देशक अर्नाउड काउकोइससँगको छलफलमा आयोजनामा दिएका समस्या सरकारले समाधान गर्ने भन्दै निर्धक्क भएर लगानी गर्न आग्रह गरेका हुन्।

‘एडीबीको लगानीमा निर्माणाधीन आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न सरकार लागिपरेको छ। निर्माणका क्रममा देखिएका चुनौतीलाई सरकारले चाँडो सम्बोधन गर्छ। आयोजना निर्माणका क्रममा गर्नुपर्ने अन्तर मन्त्रालय समन्वय गर्नसमेत सरकारले ध्यान दिने छ,’ उनले भने, ‘दुई ठूला राजनीतिक दल मिलेर दरिलो सरकार गठन भएकाले विकास आयोजनामा ढुक्क भएर लगानी गर्न एडीबीलाई आग्रह गर्छु।’

काउकोइसले एडीबीको सहयोगमा सञ्चालित आयोजना निर्माणमा देखिएका समस्याबारे जानकारी गराएको मन्त्री खड्काको सचिवालयले जनाएको छ। छलफलमा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र ऊर्जा विज्ञ प्रवल अधिकारी पनि सहभागी थिए।