BIZMANDU
www.bizmandu.com

ओलम्पिकबाट पदक लिएर आइपुगिन् पलेशा, विमानस्थलमा भव्य स्वागत (फोटो फीचर)

२०८१ भदौ १९

ओलम्पिकबाट पदक लिएर आइपुगिन् पलेशा, विमानस्थलमा भव्य स्वागत (फोटो फीचर)
ओलम्पिकबाट पदक लिएर आइपुगिन् पलेशा, विमानस्थलमा भव्य स्वागत (फोटो फीचर)


काठमाडौं। पेरिसमा भएको पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक पदक जिताउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धन बुधबार काठमाडौं फर्किएकी छन्। ४४ क्याटागोरीमा ५७ केजीमुनीको खेलमा कास्य पदक जितेर स्वदेश फर्किएकी उनलाई भव्य स्वागत गरिएको छ।

Tata
GBIME
NLIC

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलमन्त्री तेजुलाल चौधरीसहित खेल क्षेत्रका व्यक्तिहरु उनलाई स्वागत गर्न पुगे। विमानस्थल बाहिर सयौं मानिस भेला भएर उनलाई स्वागत गरे।

कास्य पदक जित्ने क्रममा उनले सर्बियाकी मारिया मिसेभलाई १५-८ अंकले हराएकी थिइन्। यससँगै उनी ओलम्पिक स्तरमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनिन्।

यो नेपाली खेलकुदले पाएको अहिलेसम्मकै ठूलो पदकसमेत हो।

खेलकुद विकास नियमावली अन्तर्गत ओलम्पिकमा पाएको सो उपलब्धि वापत उनले ६५ लाख रुपैयाँ पाउनेछिन्। नियमावली अनुसार ओलम्पिक खेल (शीतकालीन, गृष्मकालीन, पारा र विशेष) मा व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्नेले १ करोड ३० लाख, रजत जित्नेले ९७ लाख र कास्य जित्नेले ६५ लाख रुपैयाँ पाउने प्रावधान छ।

खेलाडीले पाउने पुरस्कार रकममा बारम्बार ढिलाइ हुने गरेको भए पनि यसपाला युवा तथा खेलकुद मन्त्रालयले एक साताभित्रै पुरस्कार रकम निकासा गर्ने गरि तयारी सुरु गरेको छ।

पलेशालाई नगर परिक्रममा गराएर आज एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को परिषदमा ल्याइएको छ।