काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य घटे पनि स्थानीय बजारमा भने आज स्थिर रहेको छ।
मंगलबार सुन तोलाको १ लाख ५२ हजार रुपैयाँमा स्थिर रहेको हो। सोमबार सुन तोलामा ३०० रुपैयाँ घटेर प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ७७५ रुपैयाँमा स्थिर छ। सोमबार चाँदी तोलामा २० रुपैयाँ घटेर उक्त मूल्यमा पुगेको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य घटेको छ। सोमबार प्रतिऔंस २५०३.८ डलर रहेको सुन मंगलबार घटेर प्रतिऔंस २४९५.८८ डलरमा आइपुगेको हो।
यस्तै, चाँदी प्रतिऔंस २८.४५ डलर छ। सोमबार चाँदी प्रतिऔंस २८.८६ डलरमा कारोबार भएको थियो।