काठमाडौं । गत साता उच्च विन्दुमा पुगेको सुनको मूल्य अहिले घट्न क्रममा छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य घट्दै आज प्रतितोला एक लाख ५२ हजार रुपैयाँ निर्धारण भएको छ। आइतबार सुन प्रतिकिलो ५२ हजार ३०० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्यमा २० रुपैयाँ गिरावट आएको छ। सोमबार चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँ आइपुगेको छ। आइतबार चाँदी प्रतितोला एक हजार ८९५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै जादा यसको प्रभाव स्थानीय बजारमा देखिएको हो।
सोमबार सुन प्रतिऔंस २४९६.७२ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २८.४४ डलर छ। आइतबार सुन प्रतिऔंस २५०३.३४ डलर र चाँदी प्रतिऔंस २८.८६ डलर थियो।