BIZMANDU
www.bizmandu.com

पितृको सम्झनामा गोकर्णेश्वरमा तर्पण र पिण्डदान, वाग्मतीमा स्नान

२०८१ भदौ १७

पितृको सम्झनामा गोकर्णेश्वरमा तर्पण र पिण्डदान, वाग्मतीमा स्नान
Nepalese devotees perform rituals next to the Bagmati River during the Kuse Ausi (Father's Day) festival at Premises of Gokarneshor temple in Kathmandu, Nepal on Thursday 02 September 2024. Hindus all over the country, whose fathers have passed away, come to the temple to worship, do holy dips, and present offerings on this occasion. Photo- Prabin Ranabhat


काठमाडौं। आज भाद्र कृष्ण औँसी। कुशे औँसी पर्वका अवसरमा आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्।

Tata
GBIME
NLIC

आज बुवाको मुख हेर्ने दिन पनि हो। यस अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्।

बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्। यही मेसोमा उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको छ।

गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लागेको छ। यहाँ मेला लाग्ने भएकोले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ।