BIZMANDU
www.bizmandu.com

आइतबार सुनमा ६०० रुपैयाँ घट्यो, प्रतितोला मूल्य १ लाख ५२ हजार ३०० पुग्यो

२०८१ भदौ १६

आइतबार सुनमा ६०० रुपैयाँ घट्यो, प्रतितोला मूल्य १ लाख ५२ हजार ३०० पुग्यो
आइतबार सुनमा ६०० रुपैयाँ घट्यो, प्रतितोला मूल्य १ लाख ५२ हजार ३०० पुग्यो


काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

शुक्रबार सुन तोलामा ३०० रुपैयाँ घटेर प्रतितोला एक लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ।आइतबार चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी तोलामा १० रुपैयाँ घट्दै कारोबार मूल्य प्रतितोला एक हजार ८२० रुपैयाँ थियो।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतिऔंस २५०३.३४ डलर र चाँदी प्रतिऔंस २८.८६ डलर छ।