BIZMANDU
www.bizmandu.com

सुनको भाउ उच्च मूल्यबाट ओर्लियो, तोलामा ३०० रुपैयाँ घट्यो, चाँदीको मूल्यमा लगातार गिरावट

२०८१ भदौ १४

सुनको भाउ उच्च मूल्यबाट ओर्लियो, तोलामा ३०० रुपैयाँ घट्यो, चाँदीको मूल्यमा लगातार गिरावट
सुनको भाउ उच्च मूल्यबाट ओर्लियो, तोलामा ३०० रुपैयाँ घट्यो, चाँदीको मूल्यमा लगातार गिरावट


काठमाडौं। उच्च मूल्यमा पुगेको सुनको मूल्यमा शुक्रबार सामान्य गिरावट आएको छ। सुन तोलामा ३०० रुपैयाँले घटेको छ।

Tata
GBIME

शुक्रबारका लागि सुनको कारोबार मूल्य प्रति तोला १ लाख ५२ हजार ९०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

बिहीबार तोलामा १०० रुपैयाँ रुपैयाँ बढेर प्रति तोला १ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घटी प्रति तोला १ हजार ८२० रुपैयाँमा आइपुगेको छ। बिहीबार पनि चाँदी प्रति तोला २० रुपैयाँले सस्तिएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घट्दा यसको प्रभाव स्थानीय बजारमा देखिएको हो। शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस २५१३.७६ डलर र चाँदी प्रति औंस २९.३७ डलरमा कारोबार भइरहेको छ।