अस्ट्रेलियाबाट अमेरिका जानका लागि फस्ट क्लास राउन्ड ट्रिप विमान टिकटको शुल्क सामान्यतय १९ हजार अमेरिकी डलर (करिब २५ लाख ४८ हजार रुपैयाँ) पर्छ। तर, गत बिहीबार क्वान्तास एयरलाइन्सको सो रुटको टिकट ३ हजार ४०० डलर (करिब ४ लाख ५६ हजार रुपैयाँ) मा उपलब्ध भयो।
एयरलाइन्सको वेबसाइटबाट करिब ३०० जनाले सोही रकममा टिकट बुक पनि गरे। एउटै टिकटमा ८५ प्रतिशत छुट कम्पनीले दिएको भने थिएन। प्राविधिक गडबडीका कारण अनलाइनमा फस्ट क्लास टिकटको मूल्य घट्न गएको थियो।
करिब ३०० जनाले सस्तोमा टिकट बुक गरिसकेपछि मात्रै यो गल्तीलाई सच्याइएको थियो।
क्वान्तासले गल्ती फेला पारेपछि टिकट क्यान्सिल गरेन। कम्पनीले ‘गुडविल’ स्वरुप ती यात्रुहरुलाई बिना कुनै थप शुल्क बिजनेस क्लासमा रिबुक गर्ने निर्णय गरेको थियो। बिजनेस क्लासमा यात्रा गर्न नचाहनेका लागि भने रकम फिर्ता पाएका थिए।
अस्ट्रेलियाबाट अमेरिकामा बिजनेस क्लासबाट यात्रा गर्नका लागि टिकट शुल्क करिब ११ हजार अमेरिकी डलर (१४ लाख ७५ हजार रुपैयाँ) पर्छ।
पछिल्लो समय यो एयरलायन्सले क्यान्सल भएको टिकट बेचेको आरोप पनि खेपेको थियो। प्रिमियम मूल्यको टिकट बिक्रीमा यसअघि पनि कम्पनीले गल्ती गरेको थियो।