BIZMANDU
www.bizmandu.com

थरिथरि ब्रान्डका थरिथरि गाडी, नयाँ र लक्जरी इभीले सजियो भृकुटीमण्डप

२०८१ भदौ ११

थरिथरि ब्रान्डका थरिथरि गाडी, नयाँ र लक्जरी इभीले सजियो भृकुटीमण्डप
थरिथरि ब्रान्डका थरिथरि गाडी, नयाँ र लक्जरी इभीले सजियो भृकुटीमण्डप

काठमाडौं । १६ औं संस्करणको नाडा अटो शोको आजबाट सुरुवात भइसकेको छ। भृकुटीमण्डपमा गाडी हेर्न र किन्न पुग्नेको संख्या बढिरहेको छ।

Tata
GBIME

आज बिहान उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले अटो शोको उद्घाटन गरेका थिए।

अटो शोको सुरुवातसँगै छोपिएर राखिएका नयाँ गाडीहरुको ‘कर्टेन’ उठाइएको छ। अहिले भृकुटीमण्डपको प्रदर्शनी हल पुगेर गाडी र बाइक बारे बुझ्ने मानिस बढिरहेका छन्।

पाँच दिनसम्म चल्ने अटो शोबाट करिब २० अर्ब कारोबार हुने अपेक्षा गरिएको छ।

करिब १२० वटा स्टलमा गाडी र बाइकसहित अन्य सामाग्रीहरु समेत प्रदर्शनीमा राखिएका छन्।