BIZMANDU
www.bizmandu.com

टाउको, काँध र हातमा दियो बालेर नगर परिक्रमा, झरीबीच भक्तपुरमा नारायण दीप यात्रा

२०८१ भदौ १०

टाउको, काँध र हातमा दियो बालेर नगर परिक्रमा, झरीबीच भक्तपुरमा नारायण दीप यात्रा
टाउको, काँध र हातमा दियो बालेर नगर परिक्रमा, झरीबीच भक्तपुरमा नारायण दीप यात्रा


भक्तपुरमा नारायण दीप यात्रा (मतया:) सम्पन्न भएको छ। शुक्रवार दत्तात्रयमा अवस्थित नारायण मन्दिरबाट बालकदेखि युवाहरुले हात, टाउको र काँधमा दीप राखेर नगर परिक्रममा गर्दै मतया:मा सहभागी भएका थिए।

Tata
GBIME
NLIC

यसरी जात्रा मनाइँदा मानिसमा रहेको नकारात्मक प्रवृत्तिको अन्त्य हुने र समाज र राष्ट्रमा शान्ति फैलिने जनविश्वास रहेको छ। दीप यात्रासँगै घिनताङ घिसी, माक प्याखं लगायतका नाच समेत प्रदर्शन गरिएको थियो।

सापारुको अवसरमा हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन भक्तपुरमा मतया: निकालिन्छ। दीप यात्रा तलेजु भवानीको मन्दिर पुगेसँगै भक्तपुरमा ९ दिन लामो सापारुको समापन हुने गर्छ।