BIZMANDU
www.bizmandu.com

सुनको मूल्य १०० रुपैयाँ घट्दा तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँ

२०८१ भदौ १०

सुनको मूल्य १०० रुपैयाँ घट्दा तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँ
सुनको मूल्य १०० रुपैयाँ घट्दा तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँ

काठमाडौं। साताको दोस्रो दिन सुनचाँदीको कारोबार मूल्यमा झिनो गिरावट छ। सुन तोलामा एक सय र चाँदी १० रुपैयाँ घटेको छ।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रति तोला १ लाख ५२ हजार ३ सय रुपैयाँ भएको छ। आइतबार तोलाको १ लाख ५२ हजार ४ सय रुपैयाँ थियो।

चालु महिनाको सुरुदेखि नै सुनको कारोबार मूल्य तोलाको १ लाख ५२ हजारबाट पनि बढेको छ। बीचमा घटेर गत शुक्रबार १ लाख ५१ हजार ४ सयसम्म आए पनि त्यसभन्दा तल गएको छैन। शुक्रबारका तुलनामा आइतबार नै एक हजार रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको थियो।

चाँदी तोलाको १ हजार ८ सय ४० रुपैयाँ भएको छ। आइतबार तोलाको १ हजार ८ सय ५० रुपैयाँ थियो। चाँदी पनि चालु महिना तोलाको १ हजार ८ सय १० रुपैयाँबाट घटेर कारोबार मूल्य कायम भएको छैन।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रति औंस २५०९.४९ डलर छ। आइतबार २५१२.१५ डलर थियो। चाँदी प्रति औंस २९.८३ डलरबाट घटेर २९.६७ डलरले कारोबार भइरहेको छ।