BIZMANDU
www.bizmandu.com

सेयर बजारमा पहिरो, नेप्से ७९.८८ अंकले घट्दा १९ अर्ब ७४ करोडको कारोबार

२०८१ भदौ ९

सेयर बजारमा पहिरो, नेप्से ७९.८८ अंकले घट्दा १९ अर्ब ७४ करोडको कारोबार
सेयर बजारमा पहिरो, नेप्से ७९.८८ अंकले घट्दा १९ अर्ब ७४ करोडको कारोबार

काठमाडौं। सेयर बजारमा पहिरो गएको छ। गत साता बुधबार र बिहीबार सामान्य अंकले बढेको नेप्से आइतबार ७९.८८ अंकले घटेको छ।

Tata
GBIME
Nepal Life

नेप्से २८९४.५७ अंकमा झरेको छ। माइक्रोफाइनान्स बाहेकका उपसमूहले बजार घटाएका हुन्। इन्भेष्टमेन्ट उपसमूहको सूचक सर्वाधिक ३.८३ प्रतिशतले घटेको छ। त्यस्तै, अन्य उपसमूह ३.५५, फाइनान्स उपसमूह ३.५०, बैंकिङ उपसमूह ३.३१ र हाइड्रोपावर उपसमूह सूचक ३.०४ प्रतिशतले ओरालो लागेका छन्।

१८४ कम्पनीको सेयर मूल्य घटेको छ। मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.९१ प्रतिशत गुमाएका छन्। ६० कम्पनीको सेयर भाउ बढेको छ। ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

विन नेपाल लघुवित्त, उपकार लघुवित्त, आत्मनिर्भर लघुवित्त र थ्रिस्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका हुन्।

बजारमा १९ अर्ब ७४ करोड रुपैयाँको सेयर कारोबार भएको छ। अपि पावर ८४ करोड ६८ लाख, हिमालयन रि-इन्स्योरेन्स ७३ करोड ४३ लाख र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक ५१ करोड ९६ लाख रुपैयाँसहित सर्वाधिक सेयर किनबेच हुने कम्पनीको सूचीमा रहे।