काठमाडौं । अपि पावर कम्पनीले सेयर धनीलाई लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट बोनस सेयर वितरण गर्ने भएको हो।
शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
अपि पावरको हाल चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख रुपैयाँ छ। नियामक विद्युत नियमन आयोगको स्वीकृति र साधारण सभाबाट सो प्रस्ताव पारित भएपछि सेयर धनीले बोनस सेयर प्राप्त गर्नेछन्।
कम्पनीले २०७८/७९ मा सेयर धनीलाई ७.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। अपि पावरले गत वर्ष ४५ करोड ६५ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्वजन गरेको थियो।
असार मसान्तसम्म कम्पनीको प्रति सेयर नेटवर्थ १०९.७३ रुपैयाँ र प्रति सेयर आम्दानी ७.८९ रुपैयाँ रहेको छ।