BIZMANDU
www.bizmandu.com

सुन तोलामा ५०० रुपैयाँ घट्यो, कारोबार मूल्य प्रति तोला एक लाख ५१ हजार ४००

२०८१ भदौ ७

सुन तोलामा ५०० रुपैयाँ घट्यो, कारोबार मूल्य प्रति तोला एक लाख ५१ हजार ४००
सुन तोलामा ५०० रुपैयाँ घट्यो, कारोबार मूल्य प्रति तोला एक लाख ५१ हजार ४००


काठमाडौं। सुनको मूल्य लगातार घट्न थालेको छ। अघिल्लो दिनको भन्दा शुक्रबार तोलामा ५ सय रुपैयाँले घटेको छ।

Tata
GBIME

शुक्रबार सुन प्रति तोला १ लाख ५१ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुन तोलामा ११ सय रुपैयाँले घट्दै कारोबार मूल्य प्रति तोला १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम थियो।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ। शुक्रबार चाँदी प्रति तोला १ हजार ८१५ रुपैयाँमा बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै २५ सय डलर भन्दा तल आइपुगेको छ। शुक्रबार सुन प्रति औंस २४९४.९५ डलरमा कारोबार भइरहेको छ।

चाँदी प्रति औंस २९.२४ डलरमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रति औंस २५०२.४१ डलर र चाँदी प्रति औंस २९.४६ डलर थियो।