BIZMANDU
www.bizmandu.com

१३ महिला फोटोग्राफरको कथा ‘अ सिम्फोनी अफ साइलेन्ट स्टोरी’ पुस्तकमा ‍

२०८१ भदौ ६

१३ महिला फोटोग्राफरको कथा ‘अ सिम्फोनी अफ साइलेन्ट स्टोरी’ पुस्तकमा ‍
१३ महिला फोटोग्राफरको कथा ‘अ सिम्फोनी अफ साइलेन्ट स्टोरी’ पुस्तकमा ‍


काठमाडौं । ‘भ्वाइसेज अफ विमेन मिडिया’ले ‘अ सिम्फोनी अफ साइलेन्ट स्टोरी’ पुस्तक प्रकाशित गरेको छ।

Vigo
GBIME
Tata

सि इज द स्टोरी कार्यक्रम अन्तर्गत सञ्चालन भएको एक महिने फोटोग्राफी कार्यशालाबाट १३ जना महिला फोटोग्राफरले खिचेका फोटो कथाहरुलाई किताबका रुप दिइएको हो। सो किताब अन्तर्राष्ट्रिय फोटोग्राफी दिवसको अवसरमा केहीदिन अघि विमोचन गरिएको थियो।

कार्यशालामा मदिना राई, लक्ष्मी न्यौपाने, शिभाषा के सी, प्रियंका तुलाचन, पुष्पा जोशी, नीति वानेम, मोनिका झा, सुशीला तामाङ, अदिती श्रेष्ठ, बिजु महर्जन, सुस्मिता बोगटी, लक्ष्मी चौधरी र कृति घिमिरे सहभागी थिए।

यस कार्यशालाले महिलाहरूलाई फोटोको माध्यमबाट आफ्नो कथा विश्वलाई बताउने नयाँ अवसर प्रदान गरेको आयोजकको दाबी छ।

‘अ सिम्फोनी अफ साइलेन्ट स्टोरी’ पुस्तकमा समावेश गरिएका फोटो कथाहरूमा महिला फोटोग्राफरहरूको संघर्ष र साहसको कथा रहेको छ।

भ्वाइसेज अफ विमेन मिडियाले महिला तथा किशोरीहरूको क्षमता विकास, नेतृत्व कौशल, र टेक्नोलोजीमा पहुँच वृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।