BIZMANDU
www.bizmandu.com

बीवाइडीले एकै दिन १०० वटा गाडी ग्राहकलाई गर्‍यो डेलिभरी, चार हजार गाडी सडकमा

२०८१ भदौ ६

बीवाइडीले एकै दिन १०० वटा गाडी ग्राहकलाई गर्‍यो डेलिभरी, चार हजार गाडी सडकमा
बीवाइडीले एकै दिन १०० वटा गाडी ग्राहकलाई गर्‍यो डेलिभरी, चार हजार गाडी सडकमा

काठमाडौं। बीवाइडीको नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले एकै दिन १०० युनिट गाडी ग्राहकहरुलाई डेलिभरी दिएको छ।

Tata
GBIME
Nepal Life

साइमेक्सले एटो थ्री र डल्फिन गाडी ग्राहकलाई एकै पटक डेलिभरी दिएको हो। कम्पनीले नेपालभरी रहेका आफ्नो डिलरहरुबाट सो गाडीहरु डेलिभरी गरेको जनाएको छ।

नेपालमा हालसम्म बीवाइडीले हालसम्म नेपाली बजारमा ४ हजार भन्दा धेरै एटो थ्री र डल्फिन गाडी बिक्री गरिसकेको छ। कम्पनीले बजेट अगाडिको मूल्यमा गाडी बुक गरेका ग्राहकहरुलाई सो गाडी डेलिभरी दिएको हो।

कम्पनीले नेपाली बजारमा एटो थ्रीको अर्को भेरियन्ट कसमस ब्ल्याक पनि शुक्रबार सार्वजनिक गर्दैछ। यसमा केही फिचर र डाइमेन्सन अपडेट भएर आएको कम्पनीले जनाएको छ।