BIZMANDU
www.bizmandu.com

करिब २६ करोड बचत रकम लिएर महाबौद्ध सहकारीका अध्यक्ष लगायतका पदाधिकारी फरार

२०८१ भदौ ५

करिब २६ करोड बचत रकम लिएर महाबौद्ध सहकारीका अध्यक्ष लगायतका पदाधिकारी फरार
करिब २६ करोड बचत रकम लिएर महाबौद्ध सहकारीका अध्यक्ष लगायतका पदाधिकारी फरार

काठमाडौं। काठमाडौंको व्यापारिक केन्द्र खिचापोखरीमा रहेको महाबौद्ध सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको खुलेको छ। आकर्षक ब्याज दिने लोभमा सानादेखि ठूला व्यापारीसम्मले दैनिक रुपमा बचत गर्दै आएको रकम हिनामिना गरेको देखिएको छ।

Tata
GBIME
Nepal Life

सहकारीका अध्यक्षदेखि अन्य कर्मचारीसम्मको संलग्नतामा योजनाबद्ध रुपमा रकम हिनामिना गरिएको प्रहरीको अनुसन्धानमा खुलेको हो।

सहकारीका अध्यक्ष प्रमिल स्थापित, उपाध्यक्ष मञ्जु बज्राचार्य, कोषाध्यक्ष अनुसुर्या श्रेष्ठ लगायत सहकारीका पदाधिकारीहरू हाल फरार छन्। प्रहरीमा उजुरी परेपछि प्रहरीले सहकारीका  सचिव राजेश शाक्य र सहसचिव जितेन्द्र श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।

सहकारीले आफूहरूको बचत रकम हिनामिना गरेको भन्दै १ सय ३१ जनाले सामूहिक र एकल उजुरी दिएका थिए। एक जनाको मात्र १ करोड ६२ लाख रुपैयाँसम्म ठगी भएको देखिएको छ।

उनीहरूको उजुरीको आधारमा प्रहरीले निवेदन दिएकामध्येबाट २५ करोड ८७ लाख ६८ हजार रुपैयाँ ठगी गरेको भन्दै सरकारी वकिल कार्यालयमार्फत अदालतमा ठगी मुद्दा दर्ता गराएको छ।

त्यस्तै, फरार रहेका मानिसहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।