BIZMANDU
www.bizmandu.com

जंगलबीच रहेको रत्नचुण्डेश्वरमा बज्यो डम्फू, नगरकोटमा जनैपूर्णिमाको रौनक

२०८१ भदौ ३

जंगलबीच रहेको रत्नचुण्डेश्वरमा बज्यो डम्फू, नगरकोटमा जनैपूर्णिमाको रौनक
जंगलबीच रहेको रत्नचुण्डेश्वरमा बज्यो डम्फू, नगरकोटमा जनैपूर्णिमाको रौनक

काठमाडौं । आज जनैपूर्णिमा। यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्मबाट वेद प्राप्त गरेको भनाइअनुसार वेदजयन्तीको रुपमा पनि यो दिनलाई चिनिन्छ।

Tata
GBIME

वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारीहरुले अघिल्लो दिनदेखि नै शरीर शुद्ध राखी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना समेत गर्ने गर्छन्।

 
श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने यो चाडमा पुरानो जनै फेरेर नयाँ जनै लगाउने गरिएको छ। यसै अवसरमा आज नगरकोटको रत्नचुण्डेश्वर महादेवको मन्दिरमा मेला लागेको छ।

बिहान सबेरैदेखि यहाँ भक्तजनको घुइँचो लागेको छ। यहाँको कुण्डमा स्नान गरेर जनै ग्रहण गर्ने गरिन्छ।