BIZMANDU
www.bizmandu.com

काठमाडौंको असन बजारमा रक्षाबन्धनको किनमेल गर्नेहरूको घुइँचो

२०८१ भदौ ३

काठमाडौंको असन बजारमा रक्षाबन्धनको किनमेल गर्नेहरूको घुइँचो
काठमाडौंको असन बजारमा रक्षाबन्धनको किनमेल गर्नेहरूको घुइँचो

काठमाडौं। आज जनैपूर्णिमा। आजका दिनमा जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन दाहिने नाडीमा बाँध्ने गरिन्छ।

Tata
GBIME

आज तराईका जिल्लाहरू लगायत देशका धेरै स्थानमा दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर यो पर्व मनाउँछन्। त्यस्तै, दाजुभाइले दिदीबहिनीलाई उपहार दिने पनि चलन छ। यसले दिदीबहिनी र दाजुभाइ बीच प्रेमसम्बन्ध बढ्ने मान्यता छ।

काठमाडौंको असन बजारमा केही दिनअघि देखि नै राखी तथा रक्षाबन्धनको बिक्री सुरु गरिएको थियो। दिदीबहिनी र दाजुभाइले यहाँ राखी तथा रक्षाबन्धन किनेको देख्न सकिन्थ्यो।

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन रक्षाबन्धन मनाइन्छ। आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने गर्छन्।