BIZMANDU
www.bizmandu.com

नेपाल हस्पिटालिटी कन्क्लेभको दोस्रो संस्करण सेप्टेम्बर २६ देखि, पर्यटन प्रवर्धन गर्ने उद्देश्य

२०८१ भदौ २

नेपाल हस्पिटालिटी कन्क्लेभको दोस्रो संस्करण सेप्टेम्बर २६ देखि, पर्यटन प्रवर्धन गर्ने उद्देश्य
नेपाल हस्पिटालिटी कन्क्लेभको दोस्रो संस्करण सेप्टेम्बर २६ देखि, पर्यटन प्रवर्धन गर्ने उद्देश्य


काठमाडौं। नेपाल हस्पिटालिटी कन्क्लेभको दोस्रो संस्करण आगामी सेप्टेम्बर २६ देखि हुने भएको छ। होटल संघ नेपालले बिन्स्टक एसिया नेपाल, वाटरकम स्ट्राटेजी र नेपाल ट्राभलरसँगको सहकार्यमा कन्क्लेभको आयोजना गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

पर्यटन आतिथ्य क्षेत्रमा देखिएका सम्भावना तथा चुनौती लगायत विषयमा केन्द्रित रहेर उक्त कन्क्लेभ आयोजना हुने हटल संघ नेपालका अध्यक्ष विनायक शाहले बताए।

‘पहिलाको तुलनामा अहिले पर्यटकको आवागम वृद्धि भइरहेको छ। तर पर्याप्त मात्रामा पर्यटकीय गतिविधि हुन सकेको छैन,’ उनले भने, ‘एक तिहाइ मात्र पर्यटक आइरहेका छन्। सरकारले नीति परिवर्तन गरेर कार्यान्वयन गरे मात्र यो सम्भव छ।’

मुलुकभर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सेवा प्रवाह गर्ने उद्देश्यले कन्क्लेभ आयोजना गरिएको उनले जानकारी दिए। नेपाल भारत र चिनको बीचमा भएकै कारण पनि हालको भन्दा दोब्बर पर्यटक छिमेकी मुलुकबाटै सहजै ल्याउन सकिने उनले बताए।

पछिल्लो समय होटल उद्योगमा दक्ष जनशक्ति उत्पादनमा जोड दिइँदै आएको उनले बताए।

‘नयाँ ब्राण्डका नयाँ होटल धमाधम आइरहेका छन्। तर प्रति दिन ४५ अमेरिकी डलर खर्च गर्ने पर्यटक मात्र आइरहेका छन्,’ उनले भने, ‘हाम्रो मुख्य उद्देश्य भनेकै यहाँकै उत्पादनमार्फत व्यवसायीमैत्री आतिथ्यता उद्योग विस्तार गर्नु हो।’

दैनिक ६५ अमेरिकी डलर खर्च गराउने वातावारण सिर्जना गर्न आवश्यक रहेको उनले बताए। कार्यक्रममा डिजिटल मार्केटिङ अभ्यास केन्द्रित छलफल गरिने भन्दै विज्ञको सुझाव आदानप्रदान हुने उनले जानकारी दिए।

मुलुकको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले यो कन्क्लेभ आयोजना गर्न लागिएको संघका महासचिव साजन शाक्यले बताए।

विश्व पर्यटन दिवसको दिन आयोजना हुने कार्यक्रममा नीति निर्माता, नियामक, विज्ञ, उद्योगी लगायतको सहभागिता रहने जनाइएको छ। उक्त कार्यक्रममार्फय सरकारलाई श्वेत पत्र बुझाउने योजना रहेको जनाइएको छ।

यसअघि सन् २०२२ मा यो कन्क्लेभ आयोजना भएको थियो।